चक्कु प्रहार गरि छोराको हत्या

काठमाडौं । रुपन्देहीमा घरायसी विवादमा आफ्नै बुबाले छोराको हत्या गरेका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ११ का ४३ वर्षीय शेर बहादुर गुरुङले १९ वर्षीय छोरा पदम बहादुरलाई चुक्कु प्रहार गरी हत्या गरेको प्रहरीले जनएको छ ।

वडा प्रहरीका बुटवलका प्रहरी निरीक्षक गोविन्द रेग्मीले मदिरा सेवन गरेका बुवाले घरायसी विवादमा छोरालाई चक्कु प्रहरी गरी हत्या गरेको जानकारी दिए ।

चुक्कु प्रहारबाट बायाँ खुटाको तिग्रामा चोट लागेका पदमको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता खड्क बहादुर खत्रीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?