समयले भन्छ, राष्ट्रपति रहन्छु वा रहँदिन : ट्रम्प

काठमाडौं । चुनावको नतिजा आईसकेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रवार पहिलो पटक मिडियासँगक कुराकानी गरेका छन् ।

उनले चुनावको नतिजाका विषयमा पनि कुरा गरेका छन् । उनले भने, त्यो त समयले नै बताउँछ, म राष्ट्रपति रहन्छु वा रहँदिन ।

उनको यो भनाई उनको क्याम्पेन टीमले धाँदली भएको भन्दै केस दर्ता गराएपछि बाहिरिएको हो ।

अमेरिकाका विदेश मन्त्री माइक पोम्पिओले पनि सोमवार सत्ता हस्तान्तरण हुने तर बाइडेन नभएर डोनाल्ड ट्रम्प नै अमेरिकाको राष्ट्रपति बन्ने बताएका थिए ।

उनले पनि हार स्विकारेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?