ट्रम्पद्वारा चुनावी धाँदलीसँग जोडिएका १० केस दर्ता, बँच्ला त कुर्सी ?

काठमाडौं ।जो बाइडेन अब अमेरिकाको प्रेसिडेन्ट इलेक्ट हुन् । २० जनवरीमाउनले शपथ लिँदैछन् । तर यसको दोश्रो पक्ष पनि छ । र त्यो हो डोनाल्ड ट्रम्पले हालसम्म हार स्विकारेका छैनन् । उनले कहिले भोटिङ र कहिले काउन्टिङमा धाँदली भएको बताइरहेका छन् ।

सोमवार पेन्सिलवेनियामा र बुधवार मिचिगनमा उनले यस्तै केस दर्ता गराएका छन् । तर कानूनी प्रक्रियाले ट्रम्पले कति समयसम्म आफ्नो कुर्सी बचाइरहलान् त ?

ट्रम्प क्याम्पद्वारा दर्ता गरिएको मुद्दामा न्यूयोर्क पोस्टले रिपोर्ट पब्लिश गरेको छ । ट्रम्पका पर्सनल लोयरले पत्रिकासँग कुरा गर्दै १० केस दर्ता गरेको बताएक छन् ।

रुडी गुलियानी न्यूयोर्ककका पूर्व मेयर समेत हुन् । १८७६ मा राष्ट्रपति रदरफोर्ड र हायेसको बीचमा पनि विवाद भएको थियो ।

१८७६ मा सेफ हार्बर कानू बनाइयो । यस कानून अनुसार राज्यले चुनावी मुद्दालाई इलेक्टोरल कलेज मीटिंगको ६ दिन पहिलासम्म सक्नुपर्छ ।

यस पटक यो मिटिंग ८ डिसेम्बरमा हुँदैछ । अर्थात् २ डिसेम्बर भन्दा पहिला सबै केसको फैसला भईसक्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?