बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण

काठमाडौं । बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्चले सातै प्रदेशका जनप्रतिनिधि, बाल क्लब, संजाल र साझेदार संस्थाका प्रतिनिधिलाई बालबालिकाका लागि बालमैत्री स्थानीय शासनसम्बन्धी भर्चुअल अभिमुखीकरण गरेको छ ।

कार्यक्रममा बाल सहभागीता र लैङ्कि तथा यौनिक अल्पसङ्ख्यक, अपाङ्गताभएका साथै अन्य सीमान्तकृत बालबालिकालाई बालमैत्री स्थानीय शासनको अवधारणामा मूलप्रवाहीकरण र समावेशीकरणका विषयका प्रस्तुति गरिएको थियो ।

मञ्चका संयोजक तिलोत्तम पौडेलले बालमैत्री स्थानीय शासन बाल सहभागितासहित बालबालिकाको अधिकार प्रभावकारी र दीर्घकालीन रुपमा स्थापित गर्ने पद्धति भएकाले यसमा सरोकार भएकाहरु सुसूचित हुनुपर्ने बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?