बागलुङ । प्रहरीले एक सय ५० किलो अवैध गाँजासहित निसीखोला गाउँपालिका–६ का ३४ वर्षीय टेकबहादुर घर्तीलाई आज पक्राउ गरेको छ ।
आफ्नै बारीमा गाँजा उत्पादन गरी सुकाएर बोरामा राखिरहेको अवस्थामा घर्तीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद रेग्मीले जानकारी दिए। घर्तीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया