परासी । पुजारीको हत्या गरेको अभियोगमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउपर्नेमा भारतको महाराजगञ्ज जिल्ला ग्राम कबेलवा महेशपुरका २१ वर्षीय धनञ्जय मौर्य रहेका छन् ।
यही कात्तिक ९ गते नवलपरासीको सुस्ता गाउँपालिका–४ पश्चिम टाँडीका ७२ वर्षीय पुजारी महँगु केवटको धारिलो हतियार प्रयोग गरी हत्या भएको अवस्थामा शव फेला परेको थियो । घटनाको अनुसन्धानको क्रममा प्रतापपुर गाउँपालिका–६ कठहवाबाट अभियुक्तलाई आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अजय केसीले राससलाई जानकारी दिए।
“अनुसन्धानका क्रममा मृत्तक केवटकी छोरीले अभियुक्तको सनाखत गर्नुका साथै अभियुक्त मौर्यले आफू स्वयम्ले नै हत्या गरेको बयान दिएकी छिन्”, उनले भने । पक्राउ परेका मौर्यलाई अदालतबाट म्याद थप गरी थप अनुसन्धानको कार्य अघि बढाइको प्रहरीले जनाएको छ ।
३४ वर्षपछि फरार अभियुक्त पक्राउ
नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) मा ३४ वर्षदेखि फरार रहेका एक अभियुक्त पक्राउ परेका छन् । जिउ मास्ने बेच्ने मुद्धाका फरार अभियुक्त साविक रामनगर गाविस–१ (हाल सुनवल नगरपालिका–१२ भूमही) का ७६ वर्षीय पदमदत्त सापकोटालाई प्रहरीले पक्राउ गरेको हो ।
तत्कालिन पश्चिमाञ्चल क्षेत्रिय अदालत डिभिजनले विस।२०४३ असार ८ गते सापकोटालाई जिउ मास्ने बेच्ने मुद्धाअन्र्तगत दश वर्षको सजाय फैसला गरेपछि फरार रहेका सापकोटालाई ३४ वर्षपछि शुक्रबार पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक केसीले जानकारी दिए ।
पक्राउ परेका अभियुक्तलाई जिल्ला अदालत पेश गरिएकामा अदालतको आदेशानुसार तोकिएको दश वर्ष सजाय भुक्तानका लागि जिल्ला कारागार चलान गरिएको उनले बताए । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया