काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८३५ जना संक्रमित थपिएका छन् ।
जसमा ३७९ जना महिला संक्रमित रहेका छन् भने ४५६ जना पुरुष संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
काठमाडौं उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा सबैभन्दा धेरै संक्रमित रहेका छन् । काठमाडौंमा अहिलेसम्म ७७ हजार ६४५ जनालाई कोरोना संक्रमण भएको छ भने २९९ जनाको मृत्यु भएको छ ।
काठमाडौंमा ६१ हजार ३७९ जना संक्रमण मुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या १५ हजार ९६७ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै काठमाडौंमा होम आइसोलेसनमा बस्नेको संख्या ११ हजार ३९३ रहेको छ ।
त्यस्तै भक्तपुरमा अहिले १ हजार १४ जना होम आइसोलेसनमा रहेका छन् भने ७६ जनाको मृत्यु भएको छ ।
त्यस्तै ७ हजार ४४ जनालाई हालसम्म संक्रमण भएको छ भने ५ हजार ६६२ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै भक्तपुरमा १ हजार ३०६ जना सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै ललितपुरमा हालसम्म ११ हजार १६२ जनालाई कोरोना संक्रमण भएको छ भने ८४ जनाको मृत्यु भएको छ ।
त्यस्तै १ हजार ८३१ जना होम आइसोलेसनमा रहेका छन् भने ८ हजार ७३२ जना संक्रमण मुक्त भएका छन३ । त्यस्तै २ हजार ३४६ जना सक्रिय संक्रमित रहेका छन् ।
यसैबीच, नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ८ हजार २९९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण १३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार २१५ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या २ हजार ५०३ रहेको छ ।
योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख ७० हजार ६३२ पुगेको छ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३६ हजार ४५२ रहेको छ ।
अहिलेसम्म नेपालमा १६लाख २ हजार ६०३ वटा पीसीआर नमूना परीक्षण भएका छन् ।
नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या १ हजार ५७ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया