काठमाडौं । पछल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका काराण थप १३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १२ सय १५ पुगेको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैबीच, नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ८ हजार २९९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण १३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार २१५ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या २ हजार ५०३ रहेको छ ।
योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख ७० हजार ६३२ पुगेको छ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३६ हजार ४५२ रहेको छ ।
अहिलेसम्म नेपालमा १६लाख २ हजार ६०३ वटा पीसीआर नमूना परीक्षण भएका छन् ।
नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या १ हजार ५७ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया