काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्व्मा नै व्याप्त छ । कोरोना भाइरसका कारण १३ लाख ९ हजार १६० जनाको मृत्यु भएको छ भने ५ करोड ३७ लाख ३९ हजार ३०४ जनालाई संक्रमण मुक्त भएका छन् ।
त्यस्तै ३ करोड ७५ लाख २० हजार १६४ जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा १ लाख ९ हजार ४५२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ यसैबीच विश्वमा शुक्रवार कोरोना भाइरसका सबैभन्दा धेरै संक्रमित थपिएका छन् ।
शुक्रवार विश्वमा ६ लाख ५६ हजार ४८१ जना संक्रमित थपिएका छन् भने ९ हजार ९४५ जनाको मृत्यु भएको छ ।
यसैबीच भारतमा १ लाख २९ हजार २२५ जनाको मृत्यु भएको छ भने ८७ लाख ७३ हजार २४३ जनालाई कोरोना संक्रमण भएको छ ।
त्यस्तै ८१ लाख ६१ हजार ४६७ जनालाई कोरोना संक्रमण मुक्त भएका छन् भने ४ लाख ८२ हजार ५५१ जना उपचाररत छन् ।
त्यस्तै ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै भारतमा शुक्रवार मात्रै ४५ हजार ३४३ जना संक्रमित थपिएका छन् भने ५३९ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया