वाग्मती । मकवानपुरको चित्लाङमा रहेको ऐतिहासिक गुर्जुधारा, सातधारा र चित्लाङ राजकुलोको जीर्णोद्धार शुरुवात गरिएको छ । सिंचाइ डिभिजन कार्यालय मकवानपुरका प्रमुख ।मनोहर रिजालले चित्लाङ थानकोट प्राचीन मार्गमा अवस्थित सयौँ वर्षको इतिहास रहेको गुर्जुधारा, सातधारा तथा ऐतिहासिक राजकुलोलाई संरक्षण शुरुआत गरिएको जानकारी दिए । उनले धाराको पानीलाई पोखरीमा जम्मा गर्ने र पोखरीको पानीलाई सिंचाइका लागि प्रयोग गरिने गरी जीर्णोद्धार हुने बताए।
उनले सातधाराबाट आएको पानीलाई आकर्षक गोलपोखरी निर्माण गरेर चित्लाङको पर्यटन र कृषि दुबै क्षेत्रको प्रवर्द्धन गर्न सकिनेगरी योजना बनाइएको बताए । थाहानगरको चर्चित पर्यटकीय क्षेत्र चित्लाङमा रहेका थुप्रै ऐतिहासिक क्षेत्रमध्येका गुर्जुधारा, सातधारा तथा चित्लाङ राजकुलोको ऐतिहासिक महत्वलाई ध्यान दिँदै प्रदेश सरकारले संरक्षण, संवर्द्धन र प्रवर्द्धनको काम थालेकोमा थाहानगरबासीमा खुशीको सञ्चार भएको छ ।
थाहानगरका प्रमुख लवशेर विष्टले प्रदेश सरकारले थालेको काममा नगरपालिकाको हरेक प्रकारको सहकार्य रहने बताए । प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव संजिव बरालले चित्लाङको उर्वरभूमिलाई सिंचित पारेर उत्पादन वृद्धिगर्ने साथै ऐतिहासिक सम्पदाको संरक्षण गरी भावीपुस्तालाई देखाउने स्थानको रुपमा प्रदेश सरकारले संरक्षणको काम थालेकोे जानकारी दिए ।
भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयालले प्रसिद्ध पर्यटकीय क्षेत्रमा घुम्न, रमाउन, खान र बासबस्न आउने पर्यटकहरुका लागि जैविक खाद्यवस्तु उत्पादनमा सहयोग पुगोस भन्नका लागि सरकारले तालतलैया, कुलो, राजकुलो तथा प्रकृतिक धाराहरुको संरक्षणगरी जीर्णोद्धार गरी लाभलिन सकिने जानकारी दिए । हजारौं वर्षको इतिहासमा विशिष्ठ व्यक्तित्वहरुले पानी खाएको धाराको संरक्षण गरेर राख्नुपर्ने उनको भनाइ छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया