नेपालमा कोरोना : मृतक संख्या १२ सय नाघ्यो

काठमाडौं । नेपालमा कोरोना भाइरस(कोभिड १९) को कारण थप १३ जनाको मृत्यु भएको छ ।

यो सँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १ हजार २ सय २ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय नेपालमा कोरोना संक्रमित र मृतक संख्या बढिरहेको छ । त्यस्तै बिहीवार नेपालमा कोरोनाबाट १५ जनाको मृत्यु भएको थियो ।

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार १११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३५३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ हजार ५३७ रहेको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख ६८ हजार १२९ पुगेको छ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३७ हजार २२ रहेको छ ।

अहिलेसम्म नेपालमा १५ लाख ९३ हजार ८५० वटा पीसीआर नमूना परीक्षण भएका छन् ।

नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ९८६ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?