सिरहा । १ हजार दरका ६ लाख ८४ हजार नक्कली नोट, १ थान ल्यापटप, १ थान प्रिन्टर, १ थान प्लाष्टिकको फोल्डिङ टेबल र च्यातिएको नक्कली नोट कागजका टुक्राहरु सहित गोलबजारबाट ३ जना पक्राउ परेका छन् ।
उनीहरुलाई बिहीवार दिउँसो प्रहरीले गोलबजार नगरपालिका-६ बाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा गोलबजार नगरपालिका-६ डेरा गरी बस्ने कल्याणपुर नगरपालिका-७ भेडिया बस्ने २५ वर्षीय बिमलेन्द्र नायक, गोलबजार नगरपालिक-१२ बेतौना बस्ने २५ वर्षीय धिरज राय र सोही ठाउँ बस्ने २० वर्षीय संजय राय रहेका छन् ।
ईलाका प्रहरी कार्यालय मिर्चैया, ईलाका प्रहरी कार्यालय गोलबजार र सशस्त्र प्रहरी बल गोलबजारबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई उक्त नक्कली नोट सहित पक्राउ गरेको हो ।
उनीहरुलाई पक्राउ गरि यस बारेमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया