के नयाँ पार्टी बनाउँदैछन् ट्रम्प ? महामारीमा उनको नेटवर्थ १०० करोड डलर कम

काठमाडौं । अबको अमेरिकी राष्ट्रपति जो बाइडेन बन्नेछन् । नतिजाको औपचारिक घोषणा हुन बाँकी रहेको छ । अहिले जति कुरा बाइडेनलाई लिएर भईरहेको छ ।

त्यति नै कुरा ट्रम्पको पनि भईरहेको छ । तर धेरैजसो मानिसहरु अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब के गर्लान् भने सोचिरहेका छन् ।

सत्तामा रहन्छन् वा छोड्छन् ? यसको बारेमा अझै पनि धेरैलाई सोचमग्न बनाएको छ । २०२४ मा उनी चुनाव लड्लान् कि नलड्लान् भन्ने बारेमा पनि धेरैले कौतुहलता राखेका छन् । ७४ वर्षका ट्रम्प रोयल पm्यामिलीका हुन् ।

उनी संसारकै सफल बिजनेसम्यानमा गनिन्छन् । उनी रियालिटी टिभी स्टार समेत बनेका छन् । त्यसपछि सत्तामा रहनको लागि अमेरिकाको राष्ट्रपति बने ।

उनी केहि मिडिया ग्रुप्सका मालिक समेत हुन् । त्यसको जिम्मेवारी भने अहिले उनले साथी क्रिस रुडीलाई दिएका छन् ।

कोरोना महामारीका उनको १०० करोड डलर घाटा भएको छ । उनको नामबाटै पनि विभिन्न कम्पनीहरु छन् । होटल्स, रिसोर्ट र करोडौँ डलरका गोल्फ क्लवहरु रहेका छन् । यसमा कोरोनाले उनको नेटवर्थ १०० करोड डलक कम भएको छ ।

ट्रम्पका बायोग्राफर माइकल डी एन्टोनियोका अनुसार उनलाई मिडियामा लगाव धेरै छ । २०१६मा जब उनलाई हिलारी क्लिन्टनसँग हार्छु भन्ने लागेको थियो, तब उनले क्याम्पेनको लागि एक मिडिया कम्पनी शुरु गर्ने प्लान बनाएका थिए ।

के राजनीति छोड्नेछन् ट्रम्पले ?

ट्रम्पका केहि समर्थहरु भन्छन्, उनी अब छिटै नै राजनीति छोडेर बिजनेसतर्फ नै लाग्छन् । यो बाहेक उनी एक अर्को पार्टी पनि खोल्न सक्नेछन् ।

कारण उनलाई रिपब्लिकन पार्टीमै आधाको समर्थन छ भने आधा उनीसँग रुष्ट छन् । कसैले भने ट्रम्प जिमी कार्टर र जर्ज बुशको जसरी नै राजनीीतबाट बाहिरिनेछन् । कसैले भने, २०२४ मा फेरि उनी राष्ट्रपतिको लागि लड्न सक्ने बताएका छन् ।

अबको बाटो अफ्ठेरो

ट्रम्प जबसम्म राष्ट्रपति छन्, तबसम्म उनीमाथि क्रेमिनल केसेज चल्न सक्दैन । ह्वाइट हाउसबाट बाहिरिएपछि उनले विभिन्न समस्या झेल्नु पर्न सक्ने बताइएको छ । लोन, बेनिफिट्स, इकोनोमिक बेनिफिट्स र महिलालाई चुप लाग्नको लागि पैसा दिएको आरोप उनलाई लागेका छन् ।

४२.१ करोड डलर कर्जा

न्यूयोर्क टाइम्सका अनुसार ४२.१ करोड डलर उनलाई छ । ४२.१ करोड डलर लोन त यस्तो छ, जसको पर्सनल ग्यारेन्टी ट्रम्पले दिएका छन् । धेरैजसो कर्जा अन्य देशको बैंक र कम्पनीबाट लिइएको छ ।

चार वर्षमा यो उनले तिनुपर्नेछ । आर्थिक मामिलाको जाँच गर्ने अमेरिकी जाँच एजेन्सी आईआरएसका अनुसार २०१० मा ट्रम्पले एफिडेविटमा २००८ र २००९ को बीचमा मेरी कम्पनहिरुलाई १४० करोड डलरको घाटा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?