काठमाडौं । चीनले नेपाली भूमि अतिक्रमण गरेको भन्ने समाचारहरु प्रकाशित भएपछि चिनियाँ मुखपत्र ग्लोबल टाइम्स ले नेपाली कांग्रेस, भारत र पश्चिमा शक्तिहरुले नेपाल-चीन सीमा विवाद उक्साइरहेका आरोप लगाएको छ ।
चिनियाँ सैनिकले नेपाल-चीन सीमा पार गरेर हुम्लामा सीमा स्तम्भ उखेलेको र नेपाली भूमि अतिक्रमण गरेको भन्ने ‘आधारहीन’ समाचारहरु फैलाउन पश्चिमा शक्ति र भारतीय सञ्चारमाध्यमहरु तथा नेपाली कांग्रेस लागिरहेको समाचार ग्लोबल टाइम्सले लेखेको छ।
कर्णाली प्रदेशका नेपाली कांग्रेस संसदीय दलका नेता तथा पूर्व पर्यटनमन्त्री जीवनबहादुर शाहीले चीनविरोधी गतिविधिको नेतृत्व गरेको गरिरहेकोसमेत आरोप लगाइएको छ ।

उक्त आरोपलाई नेपाली कांग्रेसले खण्डन गरेको छ। चीन सरकारको मुखपत्र ग्लोबल टाइम्स पत्रिकालाई उदृत गर्दै केही मिडियाले कांग्रेससहितको शक्तिले नेपाल र चीन सीमा विवादको आधारहीन हल्ला फैल्याए भन्ने शीर्षकमा म जीवनबहादुर शाही र म आवद्द संस्था नेपाली कांग्रेस पार्टीलाइ जोडेर प्रकाशित भएको समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको छ।
नेपाल र चीन बीच सीमा विवाद देखिएको हुम्ला जिल्लाको उत्तरी क्षेत्रको स्थलगत निरीक्षण पश्चात गरिएको सुक्ष्म अध्ययन एवं विश्लेषण र तथ्यका आधारमा नेपाली भूमि अतिक्रमण भएको निष्कर्षलाई छाँया पार्ने गरी आफ्नो मुख पत्र ग्लोबल टाइम्स पत्रिका मार्फत चीनको सरकारले लगाएको सम्पुर्ण मिथ्या आरोपलाई खारेज गर्दछु। र एक इन्च नेपाली भूमी नमिचेको प्रमाण पेश गर्ने चीन सरकारलाई चुनौती दिन्छु भन्दै शाहीले प्रेस विज्ञप्ति निकालेका छन्।
शाहीले हालै सीमा मिचिएको भनिएको हुम्लाको क्षेत्र अवलोकन गरी चीनले सीमा मिचेको प्रतिवेदन पार्टीमा बुझाएका थिए ।नेपालमा पश्चिमा देशहरुको गतिविधि बढ्दै गएकोप्रति नेपाली बुद्धिजीवीहरुले शंका व्यक्त गर्ने गरेको ग्लोबल टाइम्सले उल्लेख गरेको छ । गैरसरकारी संस्थाहरुले पश्चिमा देशको राजनीतिक स्वार्थमा नेपालभर गतिविधि सक्रिय पारेको काठमाडौंका एक स्थानीयलाई उद्धृत गरी टाइम्सले समाचार लेखेको छ ।
केही भारतीय टेलिभिजनहरुले नेपालको सार्वभौमसत्ता विरोधी खबर प्रसारित गरेको र नेपाल–चीन सम्बन्धमा खेल्न खोजेको आरोपसमेत लगाइएको छ । टाइम्सले भनेको छ, नेपाल एउटा सानो देश हो । जहाँ भारतीय र पश्चिमाहरु आफ्नो प्रभाव जमाउन लागिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया