कोरोनाबाट १५ जनाको मृत्यु, थपिए १९ सय बढी संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ४ हजार २४२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण १५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार १८९ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या २ हजार ३४९ रहेको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख ६४ हजार ५९२ पुगेको छ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३८ हजार ४६१ रहेको छ ।

अहिलेसम्म नेपालमा १५ लाख ८४ हजार ३१७ वटा पीसीआर नमूना परीक्षण भएका छन् ।

नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ९७४ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?