काठमाडौं । जो बाइडेनले अमेरिकी राष्ट्रपतिको चुनाव जितिसकेका छन् । तर राष्ट्रपति डोनाल्ड ट्रम्प हार स्विकार्न तयार छैनन् ।
अवस्था यो छ कि, अन्य देशका राष्ट्राध्यक्ष बाइडेनलाई बधाई सन्देश पठाइरहेका छन्, तर उक्त सन्देश बाइडेनसमक्ष पुग्न सकेका छैनन् । जसका कारण केहि विदेशी नेताहरुले जो बाइडेनलाई नै सम्पर्क गरेर बधाई दिएका छन् ।
नियम तथा परम्पराका अनुसार ह्वाइस हाउसको स्टेट डिपार्टमेन्ट विंगबाट यो म्यासेज प्रेसिडेन्ट इलेक्टसम्म पुग्छ । तर ट्रम्पको जितका अगाडि विदेश मन्त्रालय पनि उक्त सन्देश इलेक्ट समक्ष पुर्याउन सकेको छैन ।
नयाँ राष्ट्रपति बाइडेन २० जनवरीमा सपथ लिँदैछन् । सीएनएनको रिपोर्टका अनुसार ह्वाइट हाउसको स्टेट डिपार्टमेन्टमा केहि विदेशी नेताहरुले म्यासेज पठाएका छन् ।
यसको डेटा ह्वाइट हाउसमा छ । तर बाइडेनसमक्ष पुर्याइएको छैन । ट्रम्पको ईशारामा यो सबै भएको बताइएको छ । किनभने राष्ट्रपति ट्रम्प हार मान्न तयार छैनन् । बाइडेनको टीम पनि विदेशी नेताहरुसँग सम्पर्कमा रहेको छ ।
बाइडेन र कमला ह्यारिस डेलावेयरमा आफ्नो क्याम्प अफिसबाट फोरेन लिडर्ससँग कुरा गरिरहेका छन् । ह्वाईट हाउसका एक अफिसरले भनेका छन्, बाइडेन एक अनौठो च्यालेन्जको सामना गरिरहेका छन् ।
पोम्पियोको ईशारा
विदेश मन्त्री माइक पोम्पियोले बुधवार मिडियासँग कुरा गर्दै सत्ता हस्तान्तरण हुने तर बाइडेनलाई नभएर फेरि ट्रम्पलाई नै भन्ने अभिव्यक्ति दिएका थिए । उनी पनि ट्रम्प पराजित भएको स्विकार्न तयार छैनन् । बाइडेनलाई इन्टेलिजेन्स ब्रिफिङ पनि दिइएको छेन । विशेष गरेर प्रेसिडेन्ट इलेक्टलाई यस बारेमा ब्रीफ दिने परम्परा रहेको छ । ह्वाइट हाउसमा देखिएका यी तमामा अवस्थाले फोरेन डिप्लोमेट्स पनि हैरान छ ।
अफिसरले के भने ?
ओबामाको बेलामा ह्वाइट हाउसमा अहम जिम्मेवारी सम्हालेका डेनिस म्याक्डोनफ भन्छन्, यस्तो अवस्था कहिल्यै बनेको थिएन, पावर ट्रान्जिशन सहजै भएको थियो, स्टेट डिपार्टमेन्टको समय धेरै सेन्सेटिभ हुन्छ । त्यसको लागि सीक्रेट र सेफ लाइन्स छ । यसको रेकर्ड राअिन्छ र ट्रान्सस्क्रिप्ट पनि हुन्छ । ओबामा धेरै कल आफ्नो सेल फोनको प्रयोग गर्थे तर यसको एक्सेस अप्रेशन्स सेन्टरमा हुन्थ्यो । अफिसर भन्छन् कि, ओबामा र ट्रम्पको ट्रान्जिशन पीरिएडमा धेरै फरक थियो ।
ट्रम्प राष्ट्रपति बनेपछि उनले ह्वाइट हाउसको स्टेट डिपार्टमेन्टको प्रयोग गरेका थिएनन् । उनले आफ्नो फोनबाटै विदेशी नेताहरुसँग कुराकानी गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया