काठमाडौं । आतंककारीको अड्डा इराकको मोसुल शहरको स्वरुप परिवर्तन हुन थालेको छ ।
२०१७ मा आइएसआइएसको आक्रमण पछि त्यहाँका मुस्लिम युवाले २०० वर्ष पुरानो सेन्ट थोमस चर्च मर्मत सम्हार गरेका छन् ।
किनभने क्रिसमस मनाउनको लागि ४५ हजार ईसाइलाई फेरि बोलाउन सकियोस् । रिपोर्टका अनुसार मोसुलको जनसंख्या करिव ६.७० लाख रहेको छ ।
त्यहाँ पहिला ४५ हजार ईसाइ बस्थे । तर आतंककारीले २०१४ मा हमला गरेर त्यहाँको ऐतिहासिक चर्च भत्काइदिए । चर्चमा भएका सामान लुटेर लगे ।
त्यसपछि त्यहाँबाट सबै ईसाइ पलायन भए । अब भने मुस्लिम युवाहरु मिलेर चर्च बनाएका छन् । चर्चलाई सजाएका छन् ।
उनीहरुले भनेका छन्, अब फर्क, मोसुल शहर तिमीहरु बिना पूरा हुँदैन । युवाहरुको यो आग्रह पछि ५० ईसाई परिवार त्यहाँ पुगेका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया