काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।
कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा १२ लाख ८९ हजार ५२७ जनाको मृत्यु भएको छ भने ५ करोड २४ लाख ३२ हजार ७७ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ३ करोड ६६ लाख ७५ हजार ४८७ जना संक्रमण मुक्त भएका छन् भने विश्वमा ९५ हजार ७० जनाको अवस्था गम्भीर छ ।
विश्वमा बुधवार ६ लाख १३ हजार ४३६ जना संक्रमित थपिएका छन् भने १० हजार १८० जनाको मृत्यु भएको छ । यो संख्या हालसम्मकै एकैदिन मृत्यु हुनेमा सबैभन्दा धेरै हो ।
यसैबीच अमेरिकामा अहिलेसम्म १ करोड ७ लाख ८ हजार ६३० जनालाई संक्रमण भएको छ भने २ लाख ४७ हजार ३९७ जनाको मृत्यु भएको छ ।
त्यस्तै ६६ लाख ४८ हजार ६७९ जना संक्रमण मुक्त भएका छन् भने ३८ लाख १२ हजार ५५४ जना उपचाररत छन् । त्यस्तै १८ हजार ६८३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
अमेरिकाको टेक्सासमा हालसम्म १९ हजार ५७३ जनाको मृत्यु भएको छ भने १० लाख ५५ हजार १९९ जनालाई संक्रमण भएको छ । त्यस्तै क्यालिफोर्नियामा १८ हजार १०७ जनाको मृत्यु भएको छ भने ९ लाख ९६ हजार ७० जनालाई संक्रमण भएको छ ।
त्यस्तै फ्लोरिडामा १७ हजार ३०१ जनाको मृत्यु भएको छ भने ८ लाख ५८ हजार १२ जनालाई संक्रमण भएको छ ।
अमेरिकामा बुधवार मात्रै अहिलेसम्मकै धेरै संक्रमित थपिएका छन् । बुधवार अमेरिकामा १ लाख ४२ हजार ८०८ जना संक्रमित थपिएका छन् भने १ हजार ४७८ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया