काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।
कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा १२ लाख ८९ हजार ५२७ जनाको मृत्यु भएको छ भने ५ करोड २४ लाख ३२ हजार ७७ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ३ करोड ६६ लाख ७५ हजार ४८७ जना संक्रमण मुक्त भएका छन् भने विश्वमा ९५ हजार ७० जनाको अवस्था गम्भीर छ । विश्वमा बुधवार ६ लाख १३ हजार ४३६ जना संक्रमित थपिएका छन् भने १० हजार १८० जनाको मृत्यु भएको छ ।
यो संख्या हालसम्मकै एकैदिन मृत्यु हुनेमा सबैभन्दा धेरै हो । यसैबीच भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म १ लाख २८ हजार १६५ जनाको मृत्यु भएको छ भने ८६ लाख ८४ हजार ३९ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ८० लाख ६४ हजार ५४८ जना संक्रमण मुक्त भएका छन् भने ४ लाख ९१ हजार ३२६ जना उपचाररत छन् ।
त्यस्तै ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर छ । भारतमा बुधवार मात्रै ४८ हजार २८५ जना संक्रमित थपिएका छन् भने ५५० जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया