विश्वमा कोरोनाबाट मृत्यु हुनेहरुको नयाँ रेकर्ड

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ । कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा १२ लाख ८९ हजार ५२७ जनाको मृत्यु भएको छ भने ५ करोड २४ लाख ३२ हजार ७७ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ३ करोड ६६ लाख ७५ हजार ४८७ जना संक्रमण मुक्त भएका छन् भने विश्वमा ९५ हजार ७० जनाको अवस्था गम्भीर छ ।

विश्वमा बुधवार ६ लाख १३ हजार ४३६ जना संक्रमित थपिएका छन् भने १० हजार १८० जनाको मृत्यु भएको छ । यो संख्या हालसम्मकै एकैदिन मृत्यु हुनेमा सबैभन्दा धेरै हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?