एकाबिहानै राजधानीको कलंकीमा भयानक दुर्घटना, ३ जनाको मृत्यु

काठमाडौं – काठमाडौं को कंलकीमा आज (बिहीबार) बिहान भयानक दुर्घटना भएको छ । सो स्थानको मकालु पेट्रोल पम्प अगाडि कुखुरा बोक्ने गाडी रोकिरहेको ट्रकमा ठोक्किँदा ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पेट्रोल पम्प अगाडि पार्किङ गरी राखेको बा ३ ख ७५३० नम्बरको ट्रकलाई बल्खुबाट सितापाईलातर्फ जाँदै गरेको बा ५ ख ८८६५ नं को कुखुरा बोक्ने गाडीले ठक्कर दिँदा सोही कुखुरा बोक्ने गाडीमा सवार तीन जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा नुवाकोटका वर्ष २४ का रोशन तामाङ, नुवाकोटकै वर्ष ३७ का माधव घिमिरे र नुवाकोटका वर्ष २७ का भुपेन्द्र तामाङ रहेको प्रहरीले जनाएको छ । यस्तै १ जना घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?