जब चुनाव सकिएको हप्ता दिनपछि ट्रम्प पुत्र एरिकले भोट हाल्न अपील गरे !

काठमाडौं । डोनाल्ड ट्रम्पका छोरा एरिक ट्रम्पको एक ट्वीट अहिले सोसल मिडियामा अत्याधिक भाइरल बनिरहेको छ ।

उक्त ट्वीट पछि उनको मजाक उडिरहेको छ । एरिकले अमेरिकी राष्ट्रपतिय चुनाव सकिएको एक हप्तापछि ट्वीट गरेर भोट हाल्न अपील गरेका छन् ।

मंगलवार एरिकको ट्वीट हइान्डिलबाट गरिएको ट्वीटमा मिनेसोटा राज्यका मानिसलाई बाहिर निस्किएर भोट हाल्न आग्रह गरेका छन् ।

केहि मिनेटपछि उक्त ट्वीट हटाइएको थियो । तर त्यो बेलासम्म सोस मिडियामा ट्वीट भाइरल बनिसकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?