धादिङ । उत्तरी धादिङका गाउँपालिकामा रहेको रुबीभ्यालीमा विशेष कृषि कार्यक्रम संचालन हुने भएको छ । विकासको पहुँचबाट टाढा रहेको सो क्षेत्रमा त्यस्तो कार्यक्रम संचालन गरी जनताको आर्थिक वृद्धि गराउन कृषिमन्त्री घनश्याम भुसालसँग आज गाउँपालिकाले छलफल गरेको छ ।
हिमाली क्षेत्रमा रहेको रुबीभ्याली पर्यटन, कृषिलगायतको सम्भावना भएर पनि विकासको पहुँच नपुगेको गाउँपालिका मानिन्छ । तिहारलगत्तै गाउँपालिकाले कृषि पकेट क्षेत्रका लागि पालिकामा बैठक बसेर जग्गा छनोट गर्ने छ । ब्लक ब्लकमा जग्गा छनोट भएपछि कृषि मन्त्रालयको लगानीमा स्याउ, सिमि, आल, लगायतका आवश्यकता र बजारको आधारमा बाली छनोट गरी कार्यक्रम सञ्चालन गर्न रुबीभ्याली गाउँपालिका र मन्त्रालयबीच सैद्धान्तिक सहमति भएको गाउँपालिकाका उपाध्यक्ष बिना लामाले बताए।
मन्त्रालयको छलफलमा संघीय सांसद खेम लोहनी, गाउँपालिका अध्यक्ष चेरुङ तामाङलगायत बसेका थिए । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया