विश्वकै लामो समयसम्म प्रधानमन्त्री बनेका बहराइनका प्रधानमन्त्री प्रिन्स खलीफाको निधन

काठमाडौं । बहराइनका प्रधानमन्त्री प्रिन्स खलीफा बिन सलमान अल खलीफको बुधवार निधन भएको छ । उनको ८४ वर्गाको उमेरमा निधन भएको हो ।

उनी विश्वकै सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री बन्ने व्यक्ति समेत हुन् ।

उनी १९७१ मा बहराइनको स्वतन्त्रतापछि देशको प्रधानमन्त्री बनेका थिए ।

बहराइनको सरकारी एजेन्सीले उनको निधन भएको घोषणा गरेको हो । उनको अमेरिकाको मेयो क्लिनीकमा उपचार भईरहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?