काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९) को कारण थप २६ जनाको मृत्यु भएको छ ।
यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार १ सय ७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रायलले जनाएको छ । पछिल्लो समय नेपालमा कोरोना संक्रमित र मृतक संख्या बढिरहेको छ ।
यसअघि मंगलवार नेपालमा कोरोनाबाट २२ जनाको मृत्यु भएको थियो ।
नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ५६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख २ हजार ३२९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या १ हजार ६६६ रहेको छ ।
योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख ६२ हजार २४३ पुगेको छ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३८ हजार ९१२ रहेको छ ।
अहिलेसम्म नेपालमा १५ लाख ७४ हजार २९५ वटा पीसीआर नमूना परीक्षण भएका छन् ।
नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या १ हजार १०९रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया