नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख नाघ्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ५६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख २ हजार ३२९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण २६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार १७४ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या १ हजार ६६६ रहेको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख ६२ हजार २४३ पुगेको छ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३८ हजार ९१२ रहेको छ ।

अहिलेसम्म नेपालमा १५ लाख ७४ हजार २९५ वटा पीसीआर नमूना परीक्षण भएका छन् ।

नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या १ हजार १०९रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?