काठमाडौं । मोटो रकममा किनिने खोलाडी सधैँ नै टीम मालिकको पहिलो नजरमा पर्छन् । तर यस आईपीएलमा करोडौँ रुपैयाँमा किनिएका खेलाडीहरु बेन्चमै बस्न बाध्य बने ।
यो भन्दा अगाडिको संस्करणका हिरो मानिएका खेलाडी यस पटक बेन्चमा मात्रै बसे ।
अस्ट्रेलियाली बिस्फोटक ओपनर क्रिस लिन, नेपाली लेग स्पिनर सन्दीप लामिछाने, कीमो पल, मिशेल म्याकक्लेनेगन, ओसाने थोमस, बिली स्टेनलेकसमेत कुल १० खेलाडीले यो आइपीएलमा डग आउटमा मूकदर्शकको भुमिकामा रहे ।

यो भन्दा अगाडिको आईपीएलमा १३५ को स्ट्राइक रेटबाट ८९६ रन बनाएका मुम्बई इण्डियन्सको तर्फबाट २ करोड भारतीय रुपैयाँमा किनिएका ओपनर लिनलाई बेन्चमै राखेकोले सबै हैरान भए ।
नेपालका लेग स्पिनर सन्दीप लामिछाने

१२ औँ सीजनको आईपीएलमा उत्कृष्ट प्रदर्शन गरेका सन्दीप लामिछाने यस पटक आईपीएलमा दिल्लीले एउटा म्याच पनि खेल्न दिएन । २० लाखमा किनिएका उनले यो भन्दा अगाडिको आईपीएलमा ६ म्याचमा ८ विकेट लिएका थिए ।
त्यस्तै दिल्लीकै वेस्टइण्डिजका अलराउण्डर कीमो पोलले गत सीजनमा ८ म्याचमा ९ विकेट लिएका थिए । तर ५० लाखमा किनिएका पोलले यस पटक एक म्याच पनि खेल्न पाएनन् ।

बितेको ३ सीजनमा उत्कृष्ट प्रदर्शन गरेका मुम्बई इण्डियन्सका तीन खेलाडीले पनि यस पटकको आईपीएल खेल्न पाएनन् । वेस्टइण्डिजका अलराउण्डर शेरफान रदरफोर्ड पनि यस आईपीएलमा एक म्याच पनि खेल्न पाएनन् ।उनीहरुलाई पनि मुम्बईले २ करोडमा किनेको थियो ।
न्यूजिल्याण्डका तीव्र गतिका बलर म्याक्लेनेगन मुम्बईको २०१२ बाट ओपनिङ प्रमुख मानिन्थे । तर एक करोडमा किनिएको उनलाई यसपटक एउटा म्याचमा पनि खेलाइएन ।
सनराइजर्स हैदराबादले ५०/५० लाख रुपैयाँमा किनेका वेस्टइण्डिजका स्पिनर फ्याबिएन एलन र अष्ट्रेलियाली मध्यम तीव्र गतिका बलर बिली स्टेनलेकलाई एउटा पनि म्याच खेलाएन ।

राजस्थान रोयल्सले १ करोड १० लाख रुपैयाँमा वेस्टइण्डिजका तीव्र गतिका बलर ओसाने थोमसलाई किनेको थियो । तर उनलाई आईपीएलको पहिलो म्याच खेलाइएन ।
७५ लाखमा किनिएका बिस्फोटक डेविड मिलरलाई मात्र एउटा खेलमा मात्र खेलाइयो । जब उनले २०१२ देखि १३८.७८ को स्ट्राइक रेटबाट १ हजार ८५० रन बनाएका थिए ।
केकेआरले न्यूजिल्याण्डका टीम सिफर्डलाई अली खान घाईते भएपछि ५० लाखमा किन्यो । तर उनी पनि टीम म्योनजमेण्टको टीम ११ मा पर्न सकेनन् ।
किंग्स इलेभन पञ्जावले गत आईपीएलमा ६ म्याचमा ७ विकेट लिएका दक्षिण अफ्रिकी तीव्र गतिका बलर हारडस विलजोनलाई कुनै म्याच खेलाएन ।
उनलाई ७५ लाखमा किनिएको थियो । चेन्नई र रोयल च्यालेन्जर्स ब्यांग्लोरले भने आफ्नो टीममा रहेका सबै विदेशी खेलाडीलाई खेलाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया