चितवनमा कोरोनाबाट थप एक संक्रमितको मृत्यु

चितवन । चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नं २ का ५५ वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डा दयाराम लम्सालका अनुसार कात्तिक २० गते निमोनियाका कारण उपचारका लागि आएका उनमा कार्तिक २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना संक्रमण पुष्टि भएसँगै अस्पतालको कोभिड सघन उपचारकक्षमा उपचारका क्रममा उनको आज मृत्यु भएको उहाँले जानकारी दिए। यससँगै जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ७९ पुगेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?