सियोल । दक्षिण कोरियाली राष्ट्रपति मून जाए–इनले यसैसाता अमेरिकाका राष्ट्रपति–निर्वाचित जो बाइडेनसँग फोनवार्ता गर्ने भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय चियोङ वा डाएले शुक्रवारका लागि दुबै नेताबीच फोनमा कुराकानी गर्न समय मिलाउन लागिएको जनाएको छ ।
दुबै नेताबीच द्वीपक्षीय मामिलाका विविध विषयका साथै कोरियाली प्रायःद्वीपको शान्ति प्रक्रियाको प्रयास, आर्थिक तथा अन्य क्षेत्रको विस्तार, जलवायु परिवर्तनका बारेमा कुराकानी हुनेछ ।
राष्ट्रपति मूनले आइतवार राष्ट्रपति–निर्वाचित राष्ट्रपति बाइडेन र उपराष्ट्रपति–निर्वाचित कमला ह्यारिस दुबैलाई ट्वीटर मार्फत बधाई दिएका थिए ।
मूनले दुबै देशबीच निरन्तर सम्वाद स्थापित गर्न संचारका विविध साधनको प्रयोग गर्नु भएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया