काठमाडौं । जुवाको खालबाट पक्राउ परेको पूर्वराज्यमन्त्री खोभारी राय यादव तीन हजार धरौटी तिरेर छुटेका छन् ।
गत कार्तिक १६ गते जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका उनलाई जिल्ला अदालत काठमाडौंको आदेशपछि धरौटी तिरेर हिरासतमुक्त भएका हुन् ।
धरौटी रकम बुझाएपछि उनीसहित जुवाखालबाट पक्राउ परेका १० जना हिरासतमुक्त भएको प्रहरीले जनाएको छ ।
गत कार्तिक १६ गते शनिवार स्वयम्भूस्थित साँइली तामाङको घरमा जुवा खेलिरहेको अवस्थामा यादवसहित १० जना पक्राउ परेका थिए ।
जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त, स्वयम्भुबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको थियो । उनीसँगै देवेन्द्र श्रेष्ठ, उत्तर कुमार लामा, विक्रम लामा, सबिन लामा, पर्वत भण्डारी, कान्छा तामाङ र जीतपुर लामा लगायत पक्राउ परेकोमा उनीहरुसमेत हिरासतमुक्त भएका हुन् ।
प्रहरी स्रोतका अनुसार उनीहरुको साथबाट १ लाख ५३ हजार समेत बरामद गरिएको थियो ।
यादव मन्त्री हुँदा विवादित रुपमा रहेका थिए । उनले मन्त्री हुँदाखेरी नै घरको छतबाट बन्दुक पड्काएर विवादमा तानिएका थिए ।
शेरबहादुर देउवा, लोकेन्द्र बहादुर चन्द र डा बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा समेत गरी यादव तीन पटक राज्यमन्त्री बनेका थिए । यद्यपी अहिले उनी राजनीतिमा निष्क्रिय रहेका छन् ।
यो पनि
पूर्व राज्यमन्त्री यादव जुवा खालबाट पक्राउ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया