नुवाकोट । नुवाकोटको झिल्टुङमा नवनिर्मित कार्यालय, ब्यारेक, भान्सा र शौचालय भवनको मंगलवार आयोजित एक कार्यक्रम बीच उद्घाटन भएको छ ।
प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले प्रहरी चौकी झिल्टुङ उक्त भवनको उद्घाटन साथै नवनिर्मित भवनहरुको निरीक्षण समेत गरेका हुन् ।
उक्त अवसरमा मन्त्री जम्कट्टेलले भवन निर्माणमा निशुल्क जग्गा प्रदान गर्ने जग्गादाताहरु तथा भवन निर्माण कार्यमा सहयोगी भूमिका निर्वाह गर्नेहरुलाई प्रशंसापत्र प्रदान गरे ।

सो अवसरमा नुवाकोट बेलकोटगढी नगरपालिकाका प्रमुख राजेन्द्ररमण खनाल, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव मदन भुजेल, नुवाकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामाले धन्यवाद ज्ञापन गरेको उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक तुल बहादुर कार्कीले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय बागमती प्रदेशको १ करोड ८२ लाख ३५ हजार ३ सय ७४ रुपैयाँ ३३ पैसाको आर्थिक सहयोगमा उक्त भवन निर्माण सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया