बझाङ कारागारबाट कैदी फरार

बझाङ । कारागार बाट कैदी फरार भएका छन ।

बुधबार जिल्लाको सदरमुकाम चैनपुरमा रहेको कारागारबाट छविस पाथिभेरा गाउँपालिका वडा नम्बर ५ का प्रविन धामी फरार भएका हुन ।

राष्ट्रिय सार्वजनिक सम्पदा विरुद्घको कसुरमा सजाय भोगीरहेका धामी बुधबार बिहान ६ बजेतिर कारागार को आइसोलेन कक्षबाट फरार रहेको बझाङ कारागार जेलर झलक रोकायाले जानकारी दिए । कोरोना पोजेटिभ भएकाले उनलाई कारागारको आइसोलेन कक्षमा राखिएको थियो सो मौका छोपी धामी फरार भएको उनको भनाइ छ ।

विप्लव समूह नेकपाका कार्यकर्ता रहेका धामीलाई प्रहरीले यहि कात्र्तिक १८ गते पक्राउ गरी हिरासतमा राखेको नवौँ दिनमा फरार भएका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?