पिब्लिक टिभीका एडिटर अर्णव गोस्वामीले हाईकोर्टमा जमानत अर्जी खारेज भएपछि सर्वोच्च अदालतमा अर्जी लगाएका छन् ।
उनको अन्तरिम जमानत याचिकामाथि अहिले सर्वोच्च अदालतमा सुनवाई जारी रहेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
उनको अर्जीमाथि जस्टिस डीवाई चन्द्रचूड र जस्टिस इन्दिरा बनर्जीले सुनुवाई गरिरहेका छन् ।
गोस्वामी माथि २०१८ मा इन्टीरियर डिजाइनर अन्वय नाइक र उनकी आमालाई आत्महत्या गर्न उक्साएको आरोप लागेको छ ।
उनलाई ४ नोभेम्बमा घरबाट गिरफ्तार गरिएको थियो । त्यसपछि उनलाई अदालतले १८ नोभेम्बरसम्मका लागि न्यायिक हिरासतमा पठाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया