काठमाडौं । दक्षिणी अफ्रिकी देश मोजाम्बिममा एक डरलाग्दो घटना भएको छ ।
![A woman holds her child in the village of Aldeia da Paz after it was attacked in 2019 [Marci Longari/AFP]](https://www.aljazeera.com/wp-content/uploads/2020/11/Mozambique.jpg?resize=770%2C513)
इस्लामिक स्टेट (आइएसआइएस) का आतंककारीले एक गाउँका ५० जना मानिसको शिर काटेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

यो जघन्य अपराध गाउँको एक फुटबल मैदानमा भएको बताइएको छ । त्यति मात्रै होइन, उनीहरुले शरीरलाई टुक्राटुक्रा बनाएको र जंगलमा फालिदिएको बताइएको छ ।

साथै गाउँमा महिलाहरुलाई अपहरण गरिएको बताइएको छ । मोजाम्बिकको क्याबो डेलगाडो राज्यको नान्जबा गाउँमा यो दुर्घटना भएको हो ।

यो राज्य प्राकृतिक ग्यासको लागि प्रख्यात छ । २०१७ देखि हालसम्म तीन वर्षमा यो स्थानमा इस्लामिक आतंककारीले २ हजार मानिसको हत्या गरेका छन् । आतंककारीको डरले त्यहाँबाट करिव ४.३० लाख मानिस राज्य छोडेर गएका छन् ।

उनीहरुले ५० जनाको शिर काटेर हत्या गरेपछि अर्को गाउँमा आगो लगाइदिएको बताइएको छ । बीबीसी र डेलिमेलको खबरानुसार आतंकी गाउँमा नाराबाजी गर्दै आएका र घर जलाउन थालेका बताइएको छ । घरबाट बाहिर निस्किनेको शिर काटेको बताइएको छ ।

एक हप्ता अगाड पनि आतंककारीले गाउँमा हमला गरेर लुटपाट गरेका थिए । मुएडा जिल्लाका एक सरकारी अधिकारीले पुलिसलाई घटनापछि फोन गरेर जानकारी दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया