काठमाडौं । कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन बढ्दै गईरहेको छ ।
हालसम्म कोरोना भाइरसका कारण १२ लाख ७९ हजार ५३१ जनाको ज्यान गईसकेको छ भने ५ करोड १८ लाख १० हजार १०४ जनालाई संक्रमण भएको छ ।
यसैबीच अमेरिकामा जोन होपकिन्स यूनिभर्सिटीको अनुसार लगातार सातौँ दिन पनि एक लाख भन्दा धेरै संक्रमित फेला परेका छन ।
देशमा एक करोड भन्दा धेरै केस भईसकेको छ । अमेरिकामा गत डिसेम्बरमा पहिलो केस देखिएको थियो ।
मंगलवार मे यताकै सबैभन्दा धेरै संक्रमित अस्पताल भर्ना भएका थिए । मंगलवार ६२ हजार ९६४ जना संक्रमित अस्पताल भर्ना भएका हुन् ।
त्यस्तै दुई हप्तामा अमेरिकामा ३२ प्रतिशत संक्रमित बढेका छन् । त्यस्तै उता यूरोपमा कोरोना संक्रमणबाट मृत्यु हुने क्रम जारी छ ।

मंगलवार यो आँकडा ३ लाख पार भएको छ । फ्रान्स, जर्मनी, बेल्जियम र इटालीमा संक्रमण झनै बढीरहेको छ ।
फ्रान्समा १२ दिनपछि संक्रमित कम देखिएका छन् । तर बढ््न सक्ने अनुमान रहेको छ । अस्पतालमा पनि गम्भीर संक्रमितको संख्या बढेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया