भारतमा ह्वात्तै घटे सक्रिय संक्रमित, हालसम्म १ लाख २७ हजार भन्दा धेरैको मृत्यु

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा कोरोना भाइरसका कारण १२ लाख ७९ हजार १८४ जनाको मृत्यु भएको छ भने ५ करोड १८ लाख ५ हजार ३३९ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ३ करोड ६३ लाख ९१ हजार ६५ जना संक्रमण मुक्त भएका छन् भने विश्वमा ९४ हजार ९६७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच भारतमा हालसम्म ८६ लाख ३५ हजार ७५४ जनालाई संक्रमण भएको छ भने १ लाख २७ हजार ६१५ जनाको मृत्यु भएको छ ।

त्यस्तै ८० लाख ११ हजार ८४४ जना संक्रमण मुक्त भएका छन् भने ४ लाख ९६ हजार २९५ जना उपचाररत छन् ।

त्यस्तै ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । भारतमा मंगलवार मात्रै ४४ हजार ६७९ जना संक्रमित थपिएका छन् भने ५११ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?