काठमाडौं । अमेरिकामा राष्ट्रपति चुनावपछि राष्ट्रपति डोनाल्ड ट्रम्प र मेलानिया ट्रम्पबीचको सम्बन्ध बिच्छेद बारे मेलानिया ट्रम्प बोलेकी छन् ।
उनले यो सबै कुरा झुटो भएको र ट्रम्पकी पूर्व राजनीतिक सहयोगी ओमरोसा म्यानिगोल्ट न्यूम्यानले हल्ला फिँजाएको बताएकी छन् ।
साथै मेलानियाले यसमा दुख व्यक्त गरेकी छन् । न्यूम्यानले मेलानियाको १५ वर्षको वैवाहिक जीवन सकिन लागेको बताएकी थिइन् ।
साथै उनले मेलानियाले सम्बन्ध बिच्छेदको लागि हरेक मिनेट काउन्ट गरिरहेको समेत बताएकी थिइन् ।
ओमारोसाले ट्रम्प ह्वाइट हाउस बाहिरिएपछि मेलानियाले सम्बन्ध बिच्छेद गर्ने बताएकी थिइन् । तर मेलानियाकी प्रवक्ता स्टेफनी ग्रीशमले मेलानियालाई दुखी बनाउन यस्तो गरेको बताएकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया