काठमाडौं । अमेरिकी राष्ट्रपति चुनावमा जित हासिल गरेका डेमोक्रेटिक उम्मेद्वार जो बाइडेनले कोरोना महामारीका कारण अमेरिकामा अझै ३ लाख मानिसको मृत्यु हुन सक्ने बताएका छन् ।
उनले कोरोना भाइरसविरुद्धको भ्याक्सीन नआउन्जेलसम्म अमेरिकामा २ लाख मानिसले ज्यान गुमाउनु पर्न सक्ने बताएका हुन् ।
सोमवार उनले अमेरिकामा प्रतिदिन औसत १ हजार मानिसको मृत्यु भएको र हालसम्म २ लाख ४० हजार मानिसको मृत्यु भईसकेको बताएका थिए ।
यो अनुमानका अनुसार कोरोना भ्याक्सीन नआउन्जेलसम्म अमेरिकामा अझै करिव २ लाख मानिसको ज्यान जान सक्ने बताएका छन् ।
साथै उनले आफ्नो कायैकालमा पहिलो प्राथमिकता कोरोनालाई निर्मुल बनाउने रहेको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया