कोरोनाबाट मृत्यु हुनेको संख्या ११ सय ४८ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९) को कारण थप २२ जनाको मृत्यु भएको छ ।

यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय नेपालमा कोरोना संक्रमित र मृतकको संख्या बढिरहेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ९९ हजार ७६० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ८५३ रहेको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख ६० हजार ५७७ रहेको छ ।
नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या १ हजार ५८ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३८ हजार ३५ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?