सानामा बाइडेन, ठूला राज्यमा ट्रम्प : जुन शहरले बाइडेनलाई बिच्छ्याइदियो ह्वाइट हाउससम्मको रातो कार्पेट

काठमाडौं । अमेरिकी राष्ट्रपतिय चुनावमा राष्ट्रपति डोनाल्ड ट्रम्प र जो बाइडेनलाई जसरी पनि आफूले जित दर्ता गर्नु थियो ।

यो रेसमा बाजी मारे डेमोक्रेटिक उम्मेद्वार जो बाइडेनले कुल ५३७ इलेक्टोरल भोटमा २९० पाए भने ट्रम्प २१४ मै सिमित भए ।

आज हामी तपाईलाई त्यो शहरको बारेमा जानकारी दिँदैछौँ जुन शहरले जो बाइडेनलाई ह्वाइट हाउससम्म रेड कार्पेट बिच्छ्याइदिने काम गर्यो ।

१. पेन्सिलवेनियामा कुल २० इलेक्टोरल भोट छन् । जसमा बाइडेनले जित दर्ता गरे । त्यहाँ यो भन्दा पहिला ट्रम्पले जितेका थिए । पहिला ट्रम्प नै अगाडि थिए, फेरि पछि बिस्तारै बाइडेनले बाजी मारे ।

२. मिचिगनमा २०१६ मा ट्रम्पले बाजी मारेका थिए । पहिलो पटक रिपब्लिकनले मिचिगनमा जित दर्ता गरेका थिए । तर यस पटक बाइडेनले शुरुबाटै आफूलाई अगाडि राखेका थिए ।

३. विसकोन्सिसमा पनि ट्रम्पले हिलारी क्लिन्टनलाई हराएका थिए । तर यस पटक ट्रम्प बाइडेनसँग पराजित भए । त्यहाँबाट १० सीट बाइडेनले जिते ।
ब्याटलग्राउण्ड स्टेट्समा पनि बाइडेनको बाजी

१. मिनेसोटा यूएश इलेक्शनको ठूलो ब्याटल ग्राउण्ड साबित भयो । त्यहाँ बाइडेनले सहजै जित दर्ता गरे । त्यहाँ ट्रम्पले २०१६ मा जितेका थिए ।

२. नेवादामा कडा टक्कर देखिएको थियो । बाइडेनलाई विश्वास थियो कि, त्यहाँ सहजै जित्नेछु । त्यहाँ क्लिन्टनले २०१६ मा जितेकी थिइन् ।

३. न्यू ह्याम्पशायरमा पहिला टक्कर दिने स्टेट मानिएको थियो । तर यस पटक भने बाइडेनले सहज जित निकाले ।

बाइडेनले साना राज्यमा राम्रो जित निकाले । तर ठूला राज्यमा ट्रम्पसँग पराजित बने । फ्लोरिडामा २९ सीटको साथ ठूलो राज्य गनिन्छ ।

ट्रम्पले त्यहाँ पहिलो पटक बाजी मारे । टेक्सासमा पनि ट्रम्पले दोश्रो पटक बाजी मारे । आहायोमा १८ र लोवामा ८ सीटमा फेरि पनि ट्रम्पले बाजी मारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?