भक्तपुरबाट सुसाइड नोट लेखेर हिँडेका डा. झा काभ्रेमा भेटिए, के छ नोटमा ?

काठमाडौं । आफ्नो फेसबुकमा सुसाइड नोट लेखेर बेपत्ता भएका एक अर्थोडोन्टिस्ट डाक्टर सकुसल फेला परेका छन् ।

सुसाइड नोट लेखेर भक्तपुरबाट बेपत्ता भएका अर्थोडोन्टिस्ट डा दिगम्बर झा काभ्रेमा सकुशल फेला परेका हुन् ।

डा झा मंगलवार बिहान फेसबुकमा आफ्नो पीडा पोख्दै सुसाइड नोट पोस्ट गर्दै सम्पर्क बिहीन भएका थिए ।

उनी आज बिहान ५ बजेतिर बा.१६च. ८६७९ नम्बरको कारमा उनी घरबाट निस्केका थिए । उनको परिवारसँग राम्रो सम्बन्ध नभएको प्रहरीले जनाएको छ । उनले सामाजिक सञ्जालमा पोस्ट गर्ने बित्तिकै खोजतलासी शुरु भएको थियो । प्रहरीका अनुसार डा झा घरबाट निस्केको दुईघण्टामा उनी काभ्रे पुगेका थिए । उनले पारिवारिक समस्याका कारण सुसाइड गर्न आफू बाध्य भएको नोटमा बताएका छन् ।

खोजतलासको क्रममा काभ्रेको पच्पन्नकिलो भन्ने ठाउँमा उभिएको अवस्थामा फेला परेका हुन् ।

यद्यपी उनले आफ्नो सामाजिक सञ्जालबाट उक्त नोट भने हटाएका छन् ।

सबै तस्वीर उनको सामाजिक सञ्जालबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?