जिनपिङ, पुटिन, बोल्सोनारो र अर्दोआनले दिएनन् बाइडेनलाई बधाई, पठाए यस्तो उत्तर

काठमाडौं । डेमोक्रेट पार्टीका जो बाइडेन अमेरिकाको नयाँ राष्ट्रपति बन्दैछन् ।

उनलाई विश्वका शक्तिशाली व्यत्तित्वरुले बधाई दिईरहेका छन् । तर चार देशका राष्ट्राध्यक्षले अहिलेसम्म पनि उनलाई बधाई दिएका छेनन् ।

संसारकै शक्तिशाली देशका प्रमुखले किन दिएनन् त हालसम्म उनलाई जितको बधाई ? यो विषय भने कौतुहलताको विषय बनेको छ । यसको कारण कुटनीति नै हो वा अन्य केहि ।

जुन देशका राष्ट्राध्यक्षले बाइडेनलाई बधाई तथा शुभकामना दिएका छैनन्, उनीहरुको नाम हो रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, चीनका राष्ट्रपति शी जिनपिङ, ब्राजिलका राष्ट्रपति जेअर बोल्सोनारो र टर्कीका राष्ट्रपति रजब तैयब अर्दोआन ।

२०१६ मा जब डोनाल्ड ट्रम्पले राष्ट्रपतिको चुनाव जितेका थिए तब पुटिनले जितेको २ घण्टामै बधाई दिएका थिए । तर बाइडेनको जितमा अहिलेसम्म पुटिनले बधाई दिएका छैनन् ।

क्रेममलिनका प्रवक्ताले भने, हामी अफिशियल रिजल्ट्सको प्रतिक्षा गर्नेछौँ । ट्रम्पले पुटिनलाई विभिन्न काममा सहयोग गरेको आरोप लाग्ने गरेको थियो ।

2017 में रूस के राष्ट्रपति व्लादिमिर पुतिन के साथ डोनाल्ड ट्रम्प। (फाइल)

ट्रम्पले केहि कार्यक्रममा पुटिनको प्रशंसा गरेका थिए । तर चीनप्रति भने ट्रम्प रुष्ट नै देखिन्थे । तर ओबामा रुसलाई चुनौति मान्थे भने चीनलाई साथी मान्थे ।

जिनपिङले पनि दिएनन् बाइडेनलाई बधाई

चीनका राष्ट्रपति शी जिनपिङले २०१६ मा ट्रम्पलाई तत्काल बधाई दिएका थिए । तर बाइडेनको जितमा भने उनले हालसम्म बधाई दिएका छैनन् । केहि एक्सपर्टका अनुसार ट्रम्प भन्दा पनि बाइडेन चीनका लागि घातक सिद्ध बन्न सक्छन् ।

Donald Trump asked Xi Jinping for election help, John Bolton claims | Financial Times

जसका कारण चीनले अमेरिकालाई आफ्नो पहिलो शत्रु मान्न थालेको छ । बाइडेनलाई बधाई नदिएको सन्दर्भमा चीनको विदेश मन्त्रालयका प्रवक्ताले भने, हामी अवस्थाबारे नियाली रहेका छौँ, अब अन्तर्राष्ट्रिय नियमको आधारमा चल्नेछौँ ।

अर्दोआनको समस्या के ?

२०१६ मा जब ट्रम्प राष्ट्रपति बनेका थिए तब अर्दोआनको सत्ता दाउमा लाग्यो । उनी बल्ल त्यसबाट बँचे । त्यो बेला उनको तारिफ ट्रम्पले गरेका थिए । तर ट्रम्प उनको दुई कदमले पछि रुष्ट बने । पहिलो थयो, अर्दोआनले साउदी अरब र खाडी देशकोविरुद्ध पाकिस्तान, मलेशिया र ईरानलाई साथमा लिएर कारबाहीमा लागे । ट्रम्पलाई यो मन परेन ।

तुर्की के राष्ट्रपति अर्दोआन के साथ डोनाल्ड ट्रम्प। (फाइल)

दोश्रो अर्दोआनल कट्टर इस्लामिक एजेण्डा शुरु गर्यो । यो अमेरिका, इजरायल र यूरोपलाई स्विकार्य थिएन । फेरि सत्तामा ट्रम्प हुन् वा बाइडेन । बाइडेनले हालै न्यूयोर्क टाइम्सलाई दिएको अन्तर्वार्तामा टर्कीको नीति कुनै पनि अवस्थामा स्विकार्य नहुने बताइसकेका छन् ।

बोल्सोनारो

ट्रम्प र ब्राजिलका राष्ट्रपति बोल्सोनारोका सम्बन्ध मजबुत छ । अमेरिकाको आदेशमा नै ब्राजिलले चीनको कम्पनी ब्यान्ड गर्यो । अर्थात् ५ जी नेटवर्कको कन्ट्याक दिएन । बोल्सोनारो व्यक्तिगत रुपमा पनि ट्रम्पलाई नै दोश्रो पटक राष्ट्रपति बनेको देख्न चाहान्थे ।

Following in Trump's footsteps, Brazil's Bolsonaro threatens to quit WHO | The Times of Israel

ब्राजिल सरकारका प्रवक्तााले भनिसकेका छन् कि, ब्राजिल अमेरिकाको औपचारिक नतिजाको पर्खाइमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?