तिहारको लागि गाउँ जाँदै हुनुहुन्छ ? अपनाउनुहोस् सावधानी !

काठमाडौं – कोरोना कहरकाबीच यस वर्षको बडा दशैँ सकिएर तिहारको रमझम शुरु हुन थालेको छ ।

गत वर्ष माघ १० गते नेपालमा पहिलो कोरोनाको ‘केस’ पुष्टि भएपछि हालसम्मको संक्रमितको अवस्था हेर्ने हो भने दिनानुदिन बढीरहेको छ ।

वैशाखयताका दुई महिना काठमाडौं उपत्यकामा अन्य जिल्लाहरुबाट कोरोना आउँछ कि ! भन्ने संशय उब्जिन्थ्यो ।

सरकारले केहि समय त विभिन्न नाकामा जाँच पड्ताल गर्ने व्यवस्था समेत गरेको थियो । तर हाल काठमाडौंबाट बाहिर जाने मानिसले पो कोरोना जोखिम लैजान्छन् कि भन्ने संशय व्याप्त छ ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ४२८ जनालाई कोरोना संक्रमण भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्रै १५ हजार ९८२ सक्रिय केस रहेका छन् भने ५६ हजार ९४६ जना कोरोना संक्रमण मुक्त भएका छन् त्यस्तै अहिलेसम्म काठमाडौंमा २७५ जनाको मृत्यु भएको छ भने ७३ हजार २०३ जनालाई संक्रमण भएको छ । त्यस्तै काठमाडौंमा ११ हजार ६५१ जना होम आइसोलेसनमा रहेका छन् ।

भक्तपुरमा १ हजार १४३ जना सक्रिय संक्रमित रहेका छन् भने हालसम्म ५ हजार ३८३ जना निको भएका छन् । त्यस्तै हालसम्म ७२ जनाको मृत्यु भएको छ भने भक्तपुरमा १ हजार ८१४ जना होम आइसोलेसनमा रहेका छन् । त्यहाँ हालसम्म ६ हजार ५९८ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै ललितपुरमा अहिले १ हजार ८३१ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार २५९ जना सक्रिय संक्रमित रहेका छन् । ८ हजार २७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ६८ जनाको कोरोना भाइरसका कारण निधन भएको छ । त्यहाँ १० हजार ३५४ जनालाई कोरोना संक्रमण भएको छ ।

यो विषम परिस्थितीकाबीच महान् पर्व मनाईरहँदा हामीले ध्यान दिनुपर्ने कुरा धेरै छन् । यदि तपाई पनि काठमाडौं उपत्यका वा अन्य घना बस्ती भएका शहरबाट गाउँ फर्कँदै हुनुहुन्छ भने तपाईको लागि उपयोगी हुने केहि टिप्सहरु लोकपथले विज्ञसँग लिईएका अन्तर्वार्ता र स्वास्थ्य मन्त्रालयले दिएको जानकारीबाट संकलन गरि यहाँ प्रस्तुत गरेको छ ।

-सकेसम्म भेटघाटलाई साँघुरो बनाउनुहोस् ।

-आवश्यक बाहेक अयन्त्र भेटघाट नगर्नुहोस् ।

-यात्राका दौरानमा होस् वा आफन्तको घरमा जाँदा मास्कको अनिवार्य प्रयोग गर्नुहोस् ।

-भौतिक दूरी अनिवार्य कायम गर्नुहोस्।

-नियमित रुपमा मिचिमिची हात धुनुहोस्, यदी साबुनपानीको उपलब्धता नभएमा सेनिटाईजरको प्रयोग गर्ने गर्नुहोस् । (एउटा सेनिटाईजर साथैमा राखेको राम्रो)

-खोक्दा वा हाच्छ्यूँ गर्दा पनि मास्क नखोल्नुहोस्, यदी मास्क छैन भने कुहिनाले मुख ढाक्नुहोस् ।

-मानिसहरु कुराकानी, गफगाफ, हेलमेल धेरै हुँदा संक्रमण सर्न वा सारिन सक्ने भएको कारण यसपटक आम्नेसाम्ने भन्दा पनि साईडमा दूरी कायम गरी बस्नुहोस् ।

-हाम्रो आँखाले नदेखिने किसिमका सुक्ष्म भाइरस हावामा पनि हुन्छन् । ति जुनसुकै बेला हाम्रो श्वासप्रश्वासका माध्यमबाट शरीरमा प्रवेश गर्छन् । त्यसैले भीडभाडमा सर्जिकल मास्कको उचित प्रयोग गर्नुहोस् ।

-एटिएमबाट रुपैयाँ झिक्न जाँदा पनि निकै सावधानीपूर्वक उपकरणहरु छुनु चलाउनुपर्छ । फलामे ढोका वा स्टीलका कुर्सीहरुमा भाइरस लामो समयसम्म रहिरहन सक्छ ।

-फलफूल पसलमा गएर विभिन्न फलफूल छामछुम गर्ने नाप्ने जाँच्ने काममा धेरै समय लगाउनु हुँदैन । आफ्नो काम सकाएर छिटोछरितो भीडभाड नभएको स्थानमा जानुहोस् ।

-यदि सार्वजनिक सवारी प्रयोग गर्दै हुनुहुन्छ भने त्यसको ढोका सिटको छेउमा धेरै जनाले छोएको हुनसक्छ यस्ता सार्वजनिक वस्तुहरुको प्रयोग गर्दा हातमा ग्लोब्स लगाउने र सतर्क र अझ सचेत हुनुपर्छ ।

-गाडीमा यात्रा गर्दा संक्रमण नभएको मान्छेलाई पनि संक्रमण सर्न सक्छ । यो कुरालाई मनन गर्नुहोस् ।

-यदी तपाईले भेट्न खोज्नुभएको मानिसमा जटिल किसिमको स्वास्थ्य समस्या छ, रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्ति छन् भने, औषधी सेवन गरिरहेको व्यक्ति हो अथवा दीर्घ रोगी हुन्, भर्खरै अप्रेसन गरेका बिरामी भए,ज्येष्ठ नागरिक भए अझै ख्याल गर्नुपर्छ । विश्वमा हालसम्म कोरोनाको कारण हुने मृत्युदर सबैभन्दा धेरै यो उमेर समूहमा छ।

-यस्ता व्यक्तिहरुसँग कुरा गर्दा अझै सर्तक र सावधानी अपनाउनुपर्छ । यदि तपाईमा लक्षणबिनाको कोरोना भाइरस संक्रमण छ तर असर देखाएको छैन भने तपाईबाट कोरोना सरेर लक्षण देखिन थालेकाहरुमा अझै समस्या थपिन्छ । यसकारण तपाईमा लक्षण नदेखिकनै कोरोना भाइरस शरीरमा हुन सक्दछ ।

-तिहारमा जुवा तास खेल्न चलन पुरानो हो तर यसपटक जुवातास खेल्नु भनेको संकटलाई निम्तो दिनु हो। यो क्रियाकलाप यसपटक नगर्नु नै बुद्धिमानी हुनेछ । तास खेल्दा तासमा थुक लगाउने र हो–हल्ला गर्ने चलन हुन्छ । यसो संक्रमणको जोखिम बढ्छ ।

-जसरी ‘सोह्रश्राद भर्चुअल रुपमा गरियो, दशैँलाई सांस्कृति निरन्तरता मात्रै दिने हिसाबले अघि बढाईयो त्यसरी नै सकेसम्म मानिसको भीडभाडबिना नै तिहार,नेपाल सम्वत् र छठ पर्व मनाउनुपर्छ ।

-लामो समयमा आफन्तसँग वा साथीभाईसाग भेट हुने हुँदा एकछिन भेला भएर के भो त भन्ने सोचाइ राख्नुभयो भने एकछिनले निम्त्याउने विपद् निकै घातक सिद्ध हुनसक्छ ।

-श्वासप्रश्वासबाट बाहिरीने थुकका छिटा बालबालिकाको मुखमा पर्न सक्छ । नजिकमा बसेर खाना खाने चलन पनि यो पटक बन्द नै गर्नुपर्छ । विज्ञहरु भन्छन् – बरु ज्येष्ठ नागरिकलाई सम्मान दिने हो भने टिका लगाउन नजाऔँ । तर यो संस्कृतिसम्वत् नभएका कारण टिका ग्रहण गर्ने व्यक्तिले अनिवार्य रुपमा मास्कको प्रयोग गरौँ ।

-गाउँघरमा पूजापाठ गर्दा सबै जना एकैठाउँमा भेला हुँदा विभिन्न समुदाय, स्थान र व्यक्तिसँग सम्पर्कमा आएका व्यक्तिहरु एकैठाउँमा भेला हुन्छन् । यसो गर्दा पनि कोरोनाको जोखिम बढ्छ ।

-कोरोनाको कारण लाखौँ मानिसले ज्यान गुमाएका छन् । करोडौँ मानिसहरु संक्रमित भएका छन् । यसकारण सचेत भएर मात्रै चाडबाडलाई रिन्तरता दिऔँ ।

तिहारको शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?