राष्ट्रपति पदबाट हटेपछि ट्रम्पमाथि अपराध उजूरीको चाङ, जान सक्छन् जेल

काठमाडौं । अमेरिकी राष्ट्रपतिय चुनावको नतिजा बाइडेनको पक्षमा गईसकेको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले २१४ इलेक्टोरल भोट ल्याउँदा डेमोक्रेटिक उम्मेद्वार जो बाइडेनले २९० इलेक्टोरल भोट ल्याएका छन् ।

ट्रम्प राष्ट्रप्ति पदका लागि आफ्नो दोश्रोकार्यकाल फर्काउन असमर्थ भए । तर यो उनको चुनावी हार भने होइन, उनले कानूनमा जाने निर्णय गरिसकेका छन् । यदि उनले राष्ट्रपति पदबाट छोडेभने उनीमाथि धेरै समस्इा उत्पन्न हुन सक्छन् ।

राष्ट्रपति पदबाट हटे लगत्तै उनी जेल जान पनि सक्ने अन्तर्राष्ट्रि सञ्चारमाध्यमहरुले बताएका छन् ।

बीबीसीका अनुसार विशेषज्ञले उनको कार्यकालमा भएका कथित घोटालाको जाँच भएमा उनी जेल जाने पक्का रहेको बताएका छन् ।

राष्ट्रपति पदबाट हटेपछि अपराधिक कार्यवाही बाहेक मुस्किल वित्तिय स्थितीको उनले सामना गर्नुपर्ने हुन सक्छ ।

राष्ट्रपति पदमा रहँदा कुनै मुद्दा उनीमाथि चलाउन मिल्दैन । पेस यूनिभर्सिटीमा कोनस्टीच्यूशनलका प्रोफेसर ब्यानेट गर्शम्यानले ट्रम्पमाथि अपराधिक केस चलाउन सकिने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?