काठमाडौं । देशभर ३६ हजार १७४ सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
उनीहरुमध्ये २९ हजार ८३६ होम आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा रहेका मध्ये ४११ जनाको सघन उपचार कक्ष (आईसीयू) र ८३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
देशभर ९ सय ६७ जना क्वारेन्टिनमा रहेका छन् । हालसम्म १५ लाख ५१ हजार २५४ जनाको पीसीआर भएको छ ।
देशभर पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय ७१ जनामा कोरोना भाइरस (कोभिड –१९) को सङ्क्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो समय ११ हजार १७७ जनाको स्वास्थ्य परीक्षण गर्दा १ हजार ५१ महिला र १ हजार ५२० पुरुष गरी उक्त सङ्ख्यामा संक्रमण पुष्टि भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया