डोजरको ट्युव पड्किँदा मृत्यु

काठमाडौं । डोजरको ट्युव पड्किँदा एक जनाको मृत्यु भएको छ । जुम्ला कनकासुन्दरी गाउँपालिका वडा नम्बर २ स्थित उल्खेमा हावा भर्ने क्रममा सोही वडाका ५९ वर्षीय धनराम रावतको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

उनका अनुसार हावा भर्दै गर्दा अकस्मात ट्युव पड्किएपछि घटनास्थलमै रावतको मृत्यू भएको थियो । प्रहरीका अनुसार मृतकको शवको सनाखत भईसकेको छ ।

शवलाई पोष्टमार्टमका लागि सदरमुकाम खलंगास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ल्याउदै गरेको प्रहरी नायब उपरीक्षक काफ्लेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?