गोदावरी । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले सोमवार सुदूरपश्चिम प्रदेशसभाको अनुगमन गरेका छन् । अनुगमनका क्रममा उनले सुदूरपश्चिम प्रदेशसभाले अहिलेसम्म गरेका कामको उपलब्धीबारे जानकारी लिएका थिए ।
उनलाई प्रदेशसभाका सभामुख अर्जुनबहादुर थापाले प्रदेशसभाका बारेमा जानकारी गराएको प्रदेसभा सदस्य चुनकुमारी चौधरीले बताइन् । उनले प्रदेशसभामा स्थापना गरिएको पुस्तकालयको अनुगमन समेत गरेको जनाइएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया