अमेरिकी राष्ट्रपति चुनावमा कानूनी विवाद

अमेरिकी राष्ट्रपतिय चुनावमा कानूनी विवाद सुल्झाउनमा अझै केहि समय लाग्ने बताइएको छ । हारको आशंकामा राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको रिपब्लीकन पार्टीले केहि महिना पहिल्यै अदालतमा जाने तयारी गरेका थिए ।

त्यस्तै डेमोक्रेटिक पार्टिले पनि कानूनी लडाईको तयारी गरेको थियो । राष्ट्रपति ट्रम्पका सहायकहरुले मिचिगन, विस्कोन्सिस, पेनसिल्वानियामा सबैभन्दा पहिला भोटको गणनामा चुनौति दिएका थिए ।

ट्रम्पको तर्क छ कि, ‘भोटको गणना जारी रहनाले अवैध रुपमा हालिएका तको गणना पनि हुन्छ ।’ तर दुबै पक्षसँग जोडिएका विशेषज्ञ भने यसबाट असहमत छन् । आउने दिनमा अझै केहि अन्य केस दर्ता हुन सक्नेछन् ।

यी राज्यमा कानूनका अनुसार मतको गणना फेरि पनि हुन सक्नेछ । अझै त्यहाँको मतपरिणाम आउन कहि दिन लाग्ने बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?