काठमाडौं । अमेरिकी राष्ट्रपतिको चुनावमा यस पटक डेमोक्रेट पार्टीका उम्मेद्वार जो बाइडेनसँग पराजित भएका राष्ट्रपति डोनाल्ड ट्रम्प अझै पनि हार मान्न तयार छैनन् ।
उनले कुल ५३७ इलेक्टोरल भोटमा २१४ मात्रै ल्याएका छन् भने उनको प्रतिद्वन्दी जो बाइडेनले २९० इलेक्टोरल भोट ल्याएर बहुमतले जित दर्ता गरेका छन् ।
राष्ट्रपति ट्रम्पले ट्वीटमा लेखेका छन्, ‘लेमस्ट्रीम (मुख्य मिडिया बाहेक) का अन्य मिडियामा अझै पनि अबको राष्ट्रपति को भन्ने विषयमा चर्चा भईरहेको छ ।’
Since when does the Lamestream Media call who our next president will be? We have all learned a lot in the last two weeks!
— Donald J. Trump (@realDonaldTrump) November 8, 2020
त्यस्तै उनकी श्रीमती मेलानिया ट्रम्पले ट्वीटमा भनेकी छन्, ‘अमेरिकी निष्पक्ष चुनाव चाहान्छ, चुनाव वैध हुनुपर्छ, अवैधहोइन, हरेक भोटको गणना हुनुपर्छ ।’
The American people deserve fair elections. Every legal – not illegal – vote should be counted. We must protect our democracy with complete transparency.
— Melania Trump (@FLOTUS) November 8, 2020
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया