अमेरिका कोरोना संक्रमितको १ करोड आँकडा पार गर्ने पहिलो देश

काठमाडौं । कोरोना संक्रमितको आँकडा एक करोड पार गर्ने पहिलो देश अमेरिका बनेको छ ।

रोयटर्स न्यूज एजेन्सीका अनुसार अमेरिकामा कोरोनाको तेश्रो लह शुरु भईसकेको छ । बितेको १० दिनमा अमेरिकामा लाखौँ केस भेटिएका छन् ।

वाशिंगटनमा २९३ दिन पहिला कोरोनाको पहिलो केस आएको थियो । अमेरिकामा शनिवार हालसम्मकै सबैभन्दा धेरै १ लाख ३१ हजार ४२० जना केस फेला परेको थियो ।

अमेरिकामा एक हप्तामा २९ प्रतिशतले वृद्धि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?